Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक रोजगारमा रहेकालाई आईपीओ आवेदन अवधि घट्यो, अब कति दिनको हुन्छ समय ?

अर्थ संसार

मंगलबार, २४ असार २०८२, १० : ५८ मा प्रकाशित

वैदेशिक रोजगारमा रहेकालाई आईपीओ आवेदन अवधि घट्यो, अब कति दिनको हुन्छ समय ?

नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ आवेदन अवधि घटाएको छ। अबदेखि, वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताहरूलाई ४ कार्यदिन भित्र मात्र आवेदन दिनुपर्नेछ।

नेपाल धितोपत्र बोर्डले लागू गरेको धितोपत्र निष्कासन तथा बाँडफाँट (नवौं संशोधन) निर्देशिका २०८२ अनुसार, यसअघि १५ दिनको आवेदन अवधि निर्धारण गरिएको थियो, तर अब यसलाई ४ कार्यदिनमा सीमित गरिएको हो। यद्यपि, यदि ती ४ दिनमा सम्पूर्ण सेयर बिक्री नभएमा, बाँकी सेयरको बिक्री खुल्ला भएको मितिबाट १५ दिनसम्म जारी रहने व्यवस्था गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको