धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र विभिन्न लगानीकर्ता संघसंस्थाका प्रतिनिधिहरूबीच पुँजी बजारको विकास, विस्तार तथा सुधारका समसामयिक विषयमा छलफल सम्पन्न भएको छ।
बुधबार खुमलटारस्थित बोर्डको कार्यालयमा आयोजित छलफलमा नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, साधारण लगानीकर्ता संघ, जनरल इन्भेष्टर एशोसिएसन नेपाल, नेपाल सेयर बजार लगानीकर्ता संघलगायत संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सेबोनको कार्यालयमा भएको भेटमा अध्यक्ष श्रेष्ठ र सेयर लगानीकर्ताका प्रतिनिधिबीच पुँजीबजारका विषयमा समसामयिक छलफल भएको थियो। छलफलमा पुँजी बजारको विकास, विस्तार तथा सुधारका लागि सेयर लगानीकर्ताका प्रतिनिधिहरुले आवश्यक सुझाव दिएका थिए। छलफलमा अध्यक्ष श्रेष्ठले पुँजी बजारको विकास र सुधारका लागि आफू लागिपरेको बताए।
लगानीकर्ताबाट प्राप्त सुझावलाई अवलम्बन गर्दै थप नीतिगत व्यवस्था गर्दै जाने उनले प्रतिबद्धता जनाएका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस