Like us!
Follow us!
Connect us!
Watch us!

हिम स्टार उर्जाको आईपीओमा आवेदन खुल्यो, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

अर्थ संसार

मंगलबार, २४ असार २०८२, ११ : २१ मा प्रकाशित

हिम स्टार उर्जाको आईपीओमा आवेदन खुल्यो, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले आज असार २४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावितका लागि १ लाख ८६ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९३ हजार २५० कित्ता सेयर निष्कासन गरिसकेको छ।

अब कम्पनीले कर्मचारीका लागि १८ हजार ६५० कित्ता सेयर र सामुहिक लगानी कोषका लागि र ४६ हजार ६२५ कित्ता सेयर सुरक्षित गरेर बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको हो । यसमा लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा असार २७ गते हुनेछ तर उक्त अवधिसम्म पर्याप्त आवेदन नपरेमा साउन ६ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको