Like us!
Follow us!
Connect us!
Watch us!

रासायनिक मल र विषादीले कृषि प्रणाली र खाद्य सुरक्षामा असर पर्‍यो : मन्त्री अधिकारी

अर्थ संसार

बुधबार, २५ असार २०८२, १२ : ३० मा प्रकाशित

रासायनिक मल र विषादीले कृषि प्रणाली र खाद्य सुरक्षामा असर पर्‍यो : मन्त्री अधिकारी

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगका कारण कृषि प्रणाली र खाद्य सुरक्षामा गम्भीर र दीर्घकालीन असर परेको बताएका छन्। बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले जलवायु परिवर्तन, जैविक स्रोतहरूको ह्रास तथा रासायनिक तत्वहरूको असन्तुलित प्रयोगले हाम्रो कृषि प्रणालीलाई झनै संवेदनशील बनाएको उल्लेख गरे।

उनले भने, 'हाम्रो कृषि क्षेत्र जलवायु जोखिमप्रति अत्यन्तै संवेदनशील छ। त्यसैले अबको नीति निर्माणमा हरित कृषि, जैविक खेती, वातावरणमैत्री प्रविधि तथा नवीन कृषि प्रणालीको प्रवर्द्धनमा प्राथमिकता दिनु जरुरी छ।'

मन्त्री अधिकारीले दीर्घकालीन समाधानका लागि हरित अर्थतन्त्रले स्पष्ट दिशा देखाएको बताए। साथै, उनले कृषिमा हरित लगानी बढाउने, नवीकरणीय ऊर्जा प्रयोग गर्ने र जल स्रोतको व्यवस्थापनमा संसद र सरकारबीच साझा सोच आवश्यक रहेकोमा जोड दिए। उनको भनाइमा, युवा नेतृत्वको सक्रिय सहभागितासहितको सहकार्यबाट मात्रै दिगो कृषि विकास सम्भव हुन्छ।

'आगामी नीति, बजेट र कार्यक्रमहरूमा हरित दृष्टिकोणलाई मुख्य नारा बनाएर अघि बढ्नुपर्छ,' मन्त्री अधिकारीले भने, 'हामीसँग सीमित स्रोत छन्, त्यसको विवेकपूर्ण उपयोग गर्न सकेमात्र टिकाउ समाधान सम्भव छ।'

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको