Like us!
Follow us!
Connect us!
Watch us!

कृषिमन्त्री अधिकारीले दिए राजीनामा

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, ०९ : ५७ मा प्रकाशित

कृषिमन्त्री अधिकारीले दिए राजीनामा

कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्।

आइतबारको आन्दोलनमा भएको दमन, हत्या र बल प्रयोगप्रति गहिरो दुःख व्यक्त गर्दै उनले सो घटनाले देश तानाशाही शासनतर्फ उन्मुख भएको आशंका पैदा गरेको बताएका छन्। सो घटनाका लागि क्षमायाचना गर्दै मन्त्री अधिकारीले नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिएको बताएका छन्।

मन्त्री अधिकारीले भनेका छन्, 'लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला व्यापक रूपमा भएको दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भईरहेको हो कि भनी म झस्किएको छु । देश निर्माण गर्न सहकार्य गर्नु पर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो ? यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको