एपेक्स मकालु हाइड्रोपावर लिमिटेडले सेयरको प्रारम्भिक निष्कासन (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने एजेण्डा सहितका प्रस्ताव पारित गर्नका लागि विशेष साधारणसभा बोलाएको हो ।
हाइड्रोपावरको असार २५ गतेको सञ्चालक समितिको बैठकले साउन ९ गते शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो २ बजे विशेष साधारणसभा बस्ने निर्णय गरेको हो । उक्त साधारणसभाले जारी पुँजीको २० प्रतिशत बराबरको आईपीओ निष्कासन गर्ने र आईपीओ निष्कासनपछि प्राप्त हुने रकमको खर्च प्रयोजनको सम्बन्धमा छलफल गर्नेछ ।
त्यसैगरी साधारणसभाले प्रबन्धपत्रको केही उपदफा संशोधन गर्ने र नियामक निकायबाट निर्देशन प्राप्त भएमा वा आवश्यक परेमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस