युनिभर्सल पावर कम्पनी लिमिटेडले राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर बिक्री गर्ने भएको छ । युनिभर्सलले आफ्नो स्वामित्वमा रहेको राप्तीको १४ लाख ४२ हजार १८७ कित्ता सेयर बिक्री गर्ने निर्णय गरेको हो ।
उक्त सेयर बजारमा चलेको मूल्यमा बिक्री गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको संस्थापक सेयरको लकइन अवधि २०८२ साउन ८ गते समाप्त हुदै छ । लकइन अवधि खुले लगत्तै युनिभर्सलले राप्तीको सेयर बिक्री गर्ने भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस