Like us!
Follow us!
Connect us!
Watch us!

साताको अन्तिम दिन हाइड्रोपावर क्षेत्रमा गिरावट, ३५ कम्पनीको बढ्दा ५६ को मूल्य घट्यो

अर्थ संसार

विहीबार, २६ असार २०८२, १६ : १३ मा प्रकाशित

साताको अन्तिम दिन हाइड्रोपावर क्षेत्रमा गिरावट, ३५ कम्पनीको बढ्दा ५६ को मूल्य घट्यो


यो साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक बढेर कारोबार बन्द भयो । समग्र सेयर बजार बढेको दिन हाइड्रोपावरको सेयर मूल्यमा गिरावट आएको छ । 

आज हाइड्रोपावर क्षेत्र ७ दशमलव ९२ अंकले घटेर ३५६३ दशमलव ९४ विन्द्युमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका हाइड्रोपार कम्पनीमध्ये ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको सेयर मूल्य घटेको छ । आज हाइड्रोपावर क्षेत्रका कम्पनीमध्ये सबै भन्दा धेरै मूल्य वृद्धि हुने शीर्ष पाँच कम्पनीमा माइखोला हाइड्रोपार, माण्डु हाइड्रोपावर, भगवती हाइड्रोपावर, शुभम पावर र नेपाल हाइड्रो डेभलपमेन्ट लिमिटेड रहेका छन् । आज माइखोलाको सेयर मूल्य ८.१५ प्रतिशत अर्थात् ६६ रुपैयाँ ६२ पैसाले बढेर ८८४ रुपैयाँ १५ पैसा पुगेको छ । 

त्यस्तै माण्डु हाइड्रोको सेयर मूल्य ६.६७ प्रतिशत अर्थात् ५९ रुपैयाँले घटेर ९३१ रुपैयाँ ७८ पैसा पुगेको छ । आज भगवती हाइड्रोको सेयर मूल्य ६६ रुपैयाँ ८५ पैसाले बढेर १ हजार ९१ रुपैयाँ ९० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ६.५२ प्रतिशतले धेरे हो । त्यस्तै यो साताको अन्तिम दिनको कारोबार अवधिमा शुभम पावरको सेयर मूल्य ४.६८ प्रतिशत अर्थात् ३८ रुपैयाँ ५३ पैसाले बढेर ८६३ रुपैयाँ ६१ पैसा पुगेको छ । आज नेपाल हाइड्रो डेभलपमेन्टको सेयर मूल्य १७ रुपैयाँ ४७ पैसाले बढेर ६७८ रुपैयाँ ४८ पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा २.६४ प्रतिशतले धेरै हो । 

आज धेरै मूल्य घट्ने शीर्ष पाँच हाइड्रोपावर कम्पनीमा राप्ती हाइड्रो एण्ड जनरल कन्सटक्सन, पन्चकन्या माइ हाइड्रोपावर, रसुवागढी हाइड्रो पावर, दोर्दी खोला जलविद्युत आयोजना र पिपुल्स पावर रहेका छन् । आज राप्ती हाइड्रोको सेयर मूल्य २४ रुपैयाँ ७३ पैसाले घटेर ३५७ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.४६ प्रतिशतले कम हो । 

बिहीबार पन्चकन्या हाइड्रोको सेयर मूल्य ४.३५ प्रतिशत अर्थात् १७ रुपैयाँ ६६ पैसाले घटेर ३८८ रुपैयाँ ५३ पैसा पुगेको छ । आज रसुवागढीको सेयर मूल्य ११ रुपैयाँ ७३ पैसाले घटेर ३३५ रुपैयाँ १४ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.३८ प्रतिशतले कम हो । आज दोर्दी खोला जलविद्युतको सेयर मूल्य ७ रुपैयाँ ७८ पैसाले घटेर ३०७ रुपैयाँ ४१ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.४७ प्रतिशतले कम हो । पिपुल्स पावरको सेयर मूल्य २.३३ प्रतिशत अर्थात् ९ रुपैयाँ १७ पैसाले घटेर ३८४ रुपैयाँ ६५ पैसा पुगेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको