Like us!
Follow us!
Connect us!
Watch us!

हिम स्टार ऊर्जा कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

शुक्रबार, २७ असार २०८२, ०७ : ३२ मा प्रकाशित

हिम स्टार ऊर्जा कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज असार २७ गते अन्तिम दिन हो। कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्तालाई लक्षित गर्दै आईपीओ निष्काशन गरेको हो।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्टै शेयर निष्काशन गरी बाँडफाँट प्रक्रिया पूरा गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त अनुसार, हिम स्टार ऊर्जा कम्पनीले आफ्नो ३७ करोड ३० लाख रुपैयाँ बराबरको जारी पुँजीको ३० प्रतिशत हिस्सा सर्वसाधारण समक्ष ल्याउन पाउने अनुमति पाएको हो। उक्त हिस्सा अन्तर्गत ११ लाख १९ हजार कित्ता शेयर, प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन भइरहेको छ।

त्यसमध्ये १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि, ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि पहिले नै निष्काशन भई बाँडफाँट सम्पन्न भइसकेको छ।

त्यसपछि,१८ हजार ६५० कित्ता कम्पनीका कर्मचारीहरूका लागि, ४६ हजार ६२५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो, जसमा आज सम्म आवेदन दिन सकिनेछ।

यस निष्काशनमा आवेदन दिन चाहने लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा एनआइसी एशिया क्यापिटल लिमिटेड कार्यरत छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको