Like us!
Follow us!
Connect us!
Watch us!

हिम स्टार ऊर्जा कम्पनीको सेयर अस्थायी रोक्का, प्राविधिक त्रुटि सच्याएपछि फुकुवा हुने

अर्थ संसार

मंगलबार, ०३ भदौ २०८२, ०८ : २६ मा प्रकाशित

हिम स्टार ऊर्जा कम्पनीको सेयर अस्थायी रोक्का, प्राविधिक त्रुटि सच्याएपछि फुकुवा हुने

सीडीएस एन्ड क्लियरिङ (सीडीएससी)ले हिम स्टार ऊर्जा कम्पनीको सम्पूर्ण सेयर रोक्का गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणका लागि विभिन्न चरणमा आइपीओ बिक्री सम्पन्न गरिसकेको थियो। बाँडफाँट सम्पन्न भइसकेको र लगानीकर्ताको डिम्याट खातामा सेयर जम्मा भइसकेको अवस्थामा रोक्का निर्णय गरिएको हो।

एनआईसी एशिया क्यापिटलमार्फत बिक्री गरिएको उक्त आइपीओमा प्राविधिक त्रुटि भेटिएको कारण रोक्का गरिएको बताइएको छ। अहिले क्यापिटलले त्रुटि सच्याउने प्रक्रिया अघि बढाइरहेको र सुधार कार्य पूरा भएपछि सेयर फुकुवा हुने अपेक्षा गरिएको छ।

हाललाई रोक्का गरिएको सेयर किनबेचमा प्रयोग गर्न सकिने छैन। तर यो अस्थायी मात्र हुने भएकाले लगानीकर्ताले दीर्घकालीन चिन्ता लिनुपर्ने अवस्था नरहेको प्राधिकरण निकट स्रोतहरूले बताएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको