Like us!
Follow us!
Connect us!
Watch us!

कहिलेदेखि खुल्दैछ बन्दीपुर केवलकारले आईपीओ ?

अर्थ संसार

सोमबार, ३० असार २०८२, ११ : ५४ मा प्रकाशित

कहिलेदेखि खुल्दैछ बन्दीपुर केवलकारले आईपीओ ?

बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट आईपीओ जारी गर्ने अनुमति पाइसकेको छ । कम्पनीले आफ्नो चुक्ता पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको छ । 

जसमध्ये ५ करोड ६६ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ५ लाख ६६ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्ने छ । यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ५ करोड २९ लाख ४० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ५ लाख २९ हजार ४०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्ने छ । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि यहि साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । त्यसमा तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडाहरु, आँबुखैरेनी गाँउपालिकाका सबै वडाहरु, भानु नगरपालिका वडा नं. १ तथा गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं. ७ का स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । त्यस्तै नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर विदेशमा गएकाहरुले पनि यसमा आईपीओ आवेदन दिन पाउने छन् । 

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन २० गते हुनेछ भने ढिलोमा भदौ ४ गते हुनेछ । त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा साउन ९ गते र ढिलोमा साउन २० गते हुनेछ । 
आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आईपीओ बाँडफाँट पछि यो कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ खुला गर्ने छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको