घुस लिएको आरोप लागेपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। केही दिनअघि सार्वजनिक भएको अडियो रेकर्डमा मन्त्री गुप्ताको घुस लिँदै गरेको आवाज रहेको भन्दै चौतर्फी विरोध सुरु भएको थियो।
अडियो सार्वजनिक भएपछि विपक्षी दलहरूले गुप्ताको राजीनामा माग गर्दै कानुनी कारबाहीको माग समेत गरेका थिए। अडियो अनुसार,गत पुस/माघ महिनामा काम गरिदिने भन्दै गुप्ताले केही रकम लिइसकेको प्रमाण सुनिएको छ।
उक्त अडियोमा कास्कीको भूमि आयोगको अध्यक्ष नियुक्तिसम्बन्धी कुराकानी प्रमुख रूपमा रहेको छ भने पोखराको जग्गासम्बन्धी विषय पनि उठाइएको छ। त्यस्तै, गुप्ताले विभिन्न जिल्लाका मालपोत कार्यालयमा फोन गरी ‘सहयोग माग्ने’ र मागअनुसार काम नभएमा सम्बन्धित कर्मचारीलाई अन्य मन्त्रालयमा सरुवा गरिदिने चेतावनी दिने गरेको आरोप पनि लागेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस