घुस लेनदेनसम्बन्धी अडियो प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका छन्। गुप्ताले आफूमाथि लागेको आरोपको निष्पक्ष अनुसन्धान होस् भन्ने उद्देश्यले पदबाट राजीनामा दिएको बताएका छन्।
राजीनामा दिएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफू ‘प्रविधिको उच्चतम प्रयोग’ को शिकार भएको जिकिर गर्दै यस्ता घटनाको शिकार अरु कोही नहोउन् भन्ने आशा व्यक्त गरेका छन्।
उनले लेखेका छन्, 'कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यहीको शिकार भएँ। अब लागेका आरोपको निष्पक्ष अनुसन्धान होस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा दिएको छु।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस