अर्थमन्त्रालयले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०८२ को (छैठौं संशोधन) स्वीकृत गरेको छ। मन्त्रालयले २०८२ सालको असार ३० गते नियमावली संशोधनका लागि स्वीकृति प्रदान गरेको हो।
नेपाल धितोपत्र बोर्डलाई सम्बोधन गरिएको पत्रमार्फत मन्त्रालयले २०८१/०८२ पत्र संख्याअन्तर्गत प्राप्त प्रस्तावको आधारमा संशोधन स्वीकृत गरिएको जनाएको छ। पत्रमा उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको निर्णय मिति २०८२/०३/३० मा भइसकेको उल्लेख छ र सोही निर्णयअनुसार कार्यान्वयनमा जान अनुरोध गरिएको छ।
यस संशोधनसँगै अब सबै धितोपत्र दलाल (ब्रोकर) ले सेयर धितो कर्जा उपलब्ध गराउन सक्नेछन्। त्यस्तै, १ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका ब्रोकरहरूले प्राथमिक सेयर (IPO) जारी गर्न सक्ने व्यवस्था पनि गरिएको छ।
मन्त्रालय अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्था समन्वय महाशाखाले यस नियमावलीको छैठौंसंशोधन मस्यौदामा थप परिमार्जन गरी पुनः पेश गर्न निर्देशन दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस