Like us!
Follow us!
Connect us!
Watch us!

कोकाकोलाद्वारा एशिया प्रशान्त युवा सम्मेलनमा सहकार्य

आइतबार, १९ मंसिर २०७३, १७ : २१ मा प्रकाशित

कोकाकोलाद्वारा एशिया प्रशान्त युवा सम्मेलनमा सहकार्य

अर्थ संसार 
 
काठमाडौं– एआईईएसइसीले कोकाकोलासँगको सहकार्यमा पाँच दिने एसिया प्रशान्त नेतृत्व शिखर सम्मेलनको आयोजना गर्ने भएको छ । यसको उद्देश्य यस क्षेत्रका युवा नेतृत्वहरुका बिच सञ्जाल निर्माण गर्नु रहेको छ । यस कार्यक्रमले २४ देशका २ सय जना अन्तर्राष्ट्रिय युवाहरुका साथै ५० जना मुख्य टिम सदस्यहरुलाई स्वागत गर्नेछ ।

यसका अतिरिक्त सार्वजनिक, निजी तथा तेस्रो क्षेत्रबाट २ सय स्थानीय नेपाली विद्यार्थीहरु, व्यवसायिक नेतृत्वकर्ताहरु र विकास विज्ञहरुको सहभागितासमेत रहनेछ । कार्यक्रम नोभेम्बर २९ देखि ४ डिसेम्बरसम्म धुलिखेलमा हुनेछ ।
यस कार्यक्रमको समर्थन साझेदारको रुपमा, आजका युवाकोे कल्पना, सोचमा भविश्य निर्भर रहेको र यस संसारमा बस्न अझ सुन्दर स्थान बनाउन अनुभवजन्य शिक्षा, स्वयमसेवी अनुभव र व्यवसायिक तालीम निकै महत्वपूर्ण हुने कोकाकोलाको विश्वास छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको