Like us!
Follow us!
Connect us!
Watch us!

मूलुकको आर्थिक विकासमा अर्थसंसारको भूमिका महत्वपूर्ण  - ऊर्जा मन्त्री खड्का

अर्थ संसार

आइतबार, ०४ साउन २०८२, १० : १४ मा प्रकाशित

मूलुकको आर्थिक विकासमा अर्थसंसारको भूमिका महत्वपूर्ण  - ऊर्जा मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिंचाईँ मन्त्री दिपक खड्काले देशको आर्थिक विकासमा अर्थसंसार डटकमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । अर्थसंसारको ११ औं बार्षित्कोत्सको अवसरमा शुभकामना दिदै अर्थतन्त्रका विषयमा अर्थसंसारले खेलेको भूमिकाको प्रसंसा गर्दै मन्त्री खड्काले थप प्रगितिको कामना व्यक्त गरेका हुन् । 

कुशुम मिडिया क्रियसन प्रा.लि.द्धारा सञ्चालित अर्थ संसार डटकम आजदेखि ११ वर्ष पुरा गरेर १२ औं वर्षमा प्रवेश गरेको छ । अर्थसंसारले देशको आर्थिक क्षेत्र, ऊर्जा क्षेत्र लगायतका विषयमा निरन्त कलम चलाइरहेको र अझै शसक्त रुपमा कलम चलाउने प्रेरणा मिलोस भन्ने उनले शुभकामना दिएका छन् । 

‘मुलुकको समग्र आर्थिक क्षेत्रको विषयमा सत्य तथ्य, निष्पक्ष र विश्लेषणात्मक समाचार तथा विचारमार्फत आम पाठक स्रोताहरुलाई सुसूचीत गरेर सेयर बजार, बैंक तथा वित्तीय क्षेत्र, विकास निर्माण, ऊर्जा, बीमा लगायत क्षेत्रका विषयमा जानकारी गराउने कार्यमा गरेको योदानको उच्च प्रशंसा व्यक्त गर्दछु,’ शुभकामना सन्देशमा ऊर्जा मन्त्रीले भनेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको