अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार रु १० अर्ब बजारमा पठाउने भएको छ । बैंकिङ प्रणालीमा तरलता धेरै कम भएपछि बैंकले तरलता प्रवाह गर्न लागेको हो ।
बैंकिङ प्रणालीमा तरलता घटेर रु १८ अर्ब भन्दा कम हुन पुगेको छ ।अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा बढी भएपछि केन्द्रीय बैंकले बजारमा थप रकम पठाएर विगतमा पनि हस्तक्षेप गर्दै आएको थियो ।
दुई साताका लागि पठाइएको रकम बैंकले आफनो आवश्यकताअनुसार उपयोग गर्न सकिने जनाइएको छ ।
आइतबार बजार हस्तक्षेप गर्ने भन्दै राष्ट्र बैंकले रु २० अर्ब बजारमा पठाउदा विभिन्न सात बैंकले रु ८ अर्ब ४० करोड मात्र लिएका थिए ।
केही दिन अघिसम्म अन्तरबैंक ब्याजदर ३ प्रतिशत भएकोमा एक साताका बीचमा बढेर ५ प्रतिशत नाघेको बैंकहरुले जानकारी दिएका छन् ।
तरलताको समस्या समधान गर्न बैंकले दुई साताका लागि बजारमा पैसा पठाउन लागेको हो । अन्तरबैंक ब्याजदर स्थिर भएका कारण डेढ महिनादेखि राष्ट्र बैंकले रिपो जारी गर्न पाएको थिएन् ।चालु आवमा बैंकले ७ पटक रिपो जारी गरेर रु ५२ अर्ब ४५ करोड बजारमा पठाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस