गृह मन्त्रालयले हालै लोकसेवा आयोगबाट उत्तीर्ण भएका ४५ जना शाखा अधिकृतहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ। तीन दिने प्रारम्भिक तालिमपछि उनीहरू सोमबारदेखि औपचारिक रूपमा कार्यभार सम्हाल्न थालेका हुन्।
यी अधिकृतहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट छनोट गरी गृह मन्त्रालयमा पठाइएको आधारमा अध्यागमनमा नियुक्त गरिएको हो। गृह मन्त्रालयले उनीहरूलाई जिम्मेवारी दिनुका साथै अध्यागमन कार्यालयमा कार्यरत पुराना शाखा अधिकृतहरूलाई फिर्ता बोलाएको छ।
यस कदमसँगै त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयमा प्रशासनिक सशक्तीकरण र सेवा प्रभावकारिता बढ्ने अपेक्षा गरिएको छ। विशेषतः अन्तर्राष्ट्रिय यात्रुको आगमन र प्रस्थान व्यवस्थापनमा पारदर्शिता र दक्षता ल्याउने उद्देश्यसहित युवा अधिकृतहरू परिचालन गरिएको मन्त्रालय स्रोतले जनाएको छ। यता, अध्यागमन कार्यालयको नेतृत्वमा रहेका सहसचिव सुरुवा घिमिरेले नयाँ अधिकृतहरूको कार्य विभाजन र समायोजन प्रक्रिया सुरु गरेका छन्। घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताको रूपमा कार्यरत रहेका अनुभवी प्रशासक हुन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस