Like us!
Follow us!
Connect us!
Watch us!

बैंकमा निक्षेप ७३ खर्ब नजिक, एकैदिन २६ अर्बले बढ्यो

अर्थ संसार

मंगलबार, ०६ साउन २०८२, १५ : १३ मा प्रकाशित

बैंकमा निक्षेप ७३ खर्ब नजिक, एकैदिन २६ अर्बले बढ्यो

बैंकमा निक्षेप थुप्रिने क्रम जारी रहेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार, गत आर्थिक वर्षको अन्तिम दिन असार ३२ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ७२ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च स्तर हो।

त्यस दिन मात्र बैंकहरूको निक्षेप २६ अर्ब रुपैयाँले वृद्धि भएको देखिएको छ। अघिल्लो दिन, अर्थात् असार ३१ गतेसम्म कुल निक्षेप ७२ खर्ब ६६ अर्ब रुपैयाँ रहेको थियो। त्यसै दिन बैंक तथा वित्तीय संस्थाहरूबाट ११ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ। त्यससँगै कुल कर्जा लगानी ५६ खर्ब रुपैयाँ पुगेको छ, जुन असार ३१ मा ५५ खर्ब ८९ अर्ब रुपैयाँ थियो।

निक्षेप वृद्धिको दर कर्जा प्रवाहको तुलनामा बढी रहेकाले बैंक तथा वित्तीय संस्थाहरूको औसत कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ७५.७८ प्रतिशतमा झरेको छ। यता, अन्तर बैंक ब्याजदर पनि घट्दै २.८७ प्रतिशतमा आएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको