Like us!
Follow us!
Connect us!
Watch us!

करिब १४ प्रतिशतले घट्यो निफ्राको नाफा, वितरणयोग्य मुनाफा कति ?

अर्थ संसार

बुधबार, ०७ साउन २०८२, ११ : २१ मा प्रकाशित

करिब १४ प्रतिशतले घट्यो निफ्राको नाफा, वितरणयोग्य मुनाफा कति ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको नाफा घटेको छ । बबैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा १३.८६ प्रतिशतले घटेको हो । 

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले कुल १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको यस्तो नाफा १ अर्ब ३२ करोड ९८ लाख रुपैयाँ रहेको थियो । खुद ब्याज आम्दानी घटेसँगै बैंकको खुद नाफा पनि घट्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.५१ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ७९.७३ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २५.०३ प्रतिशत र सञ्चालन मुनाफा १३.६९ प्रतिशत घटेको छ ।

नाफा घटेपनि बैंकको वितरणयोग्य मुनाफा भने समीक्षा अवधिमा बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो मुनाफा ६६ करोड ७९ लाख रुपैयाँबाट बढेर १ अर्ब १७ करोड ६१ लाख रुपैयाँ पुगेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८६ पैसा घटेर ५ रुपैयाँ ३० पैसामा सीमित भएको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ५९.९६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ८८ पैसा रहेको छ ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ७ करोड ७१ लाख रुपैयाँ सञ्चित छ । पछिल्लो १ वर्षमा बैंकको निक्षेप ८२६.६५ गुणा बढेको छ भने कर्जा १८.९० प्रतिशत बढेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको