Like us!
Follow us!
Connect us!
Watch us!

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १५ प्रतिशतले घट्यो

अर्थ संसार

बुधबार, ०७ साउन २०८२, १५ : ३३ मा प्रकाशित

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १५ प्रतिशतले घट्यो

सेयर बजार बढीरहँदा पनि कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा उच्च गिरावट आएको छ । पछिल्लो पाँच कारोबार दिनमा यो कम्पनीको सेयर मूल्य १५.२१ प्रतिशतले गिरावट आएको हो । 

असार ३२ गतेको अन्तिम कारोबार समयमा २ हजार ४७६ रुपैयाँ ७९ पैसा रहेको यो कम्पनीको सेयर मूल्य (आज) बुधबार २ हजार १०० रुपैयाँमा कारोबार बन्द भएको छ । यो पाँच कारोबार दिनमा यो बैंकको सेयर मूल्य ३७६ रुपैयाँ ७९ पैसाले घटेको छ । 

यो कम्पनीको सेयर मूल्य यस्तो समयमा घटेको छ कि जुन समयमा समग्र सेयर बजार परिसूचक भने निरन्तर रुपमा बढी रहेको छ । आज मात्रै यो कम्पनीको सेयर मूल्य २२ रुपैयाँ ६९ पैसाले घटेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको