Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ जारी गर्दै चिवतनको सिराइचुली होटल, बिक्री प्रबन्धकमा नबिल इनभेष्टमेण्ट नियुक्त

अर्थ संसार

बुधबार, ०७ साउन २०८२, १६ : २३ मा प्रकाशित

आईपीओ जारी गर्दै चिवतनको सिराइचुली होटल, बिक्री प्रबन्धकमा नबिल इनभेष्टमेण्ट नियुक्त

चितवनमा रहेको होटल सिराइचुली लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । होटलले निकट भविष्यमा आईपीओ ल्याउने उद्देश्यका साथ बिक्री प्रबन्धक नियुक्त गरेको छ । आईपीओ जारी गर्नका लागि होटलले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

होटल सिराइचुलीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरूमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरूबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने बताएको हो ।

पर्यटकीय नगरी चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० मा अवस्थित होटल सिराइचुली आधुनिक वास्तुकलाले युक्त चार तारे होटल हो । यसमा समकालीन आवास, मल्टिकुजिन रेष्टुरेन्ट, ३ बैक्वट हल, ५ वटा बोर्डरुमहरु, इन्फिनिटी स्विमिङ्ग पुल, रुफटप रेस्टुरेन्ट, पुलसाइड बार, जिम र स्पा सहित उच्चस्तरीय सुविधा सम्पन्न कोठाहरु रहेका छन्। चितवनको व्यस्त शहरको बीच भागमा रहेको होटल सिराइचुलीबाट हिमालय पर्वत शृङ्खलाको दृश्यावलोकन समेत गर्न सकिन्छ ।

आज भएको सो सम्झौतामा होटल सिराइचुली लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष चुडामणी खनाल तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् । निष्काशन कम्पनीका प्रबन्ध संचालक विष्णु कुँवर तथा कम्पनीका संचालक बाबुराम उपाध्यायको रोहवरमा सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको