सारथी केवल इन्डष्ट्रीजले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने उद्देश्यका साथ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटलाई नियुक्त गरेको छ ।
क्यापिटल र सारथी बीच बुधवार आईपीओ जारी गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त औपचारिक कार्यक्रम होटल मेरियट, काठमाडौंमा सम्पन्न भएको हो । सम्झौतापत्रमा सारथि केवल इन्डष्ट्रीज लिमिटेडका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । सारथी केवल इन्डष्ट्रीज लिमिटेडले चालु आर्थिक वर्ष २०८२÷८३ मा आफ्नो जारी पुँजीको २० प्रतिशत आईपीओ सर्वसाधारणलाई निश्कासन गर्ने योजना सार्वजनिक गरेको छ । यस आईपीओ मार्फत नेपाली नागरिकले एक अग्रगामी र सम्भावनायुक्त उद्योगमा लगानी गर्ने उत्कृष्ट अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
आईपीओ बाट संकलित रकमको प्रयोग कम्पनीले नेपालमै पहिलोपटक Underground Cable उत्पादन सुरु गर्दै नेपालमा विद्युत् सामग्री उत्पादनमा आत्मनिर्भरता ल्याउनेतर्फ एक ऐतिहासिक प्रयास गरिने जनाएको छ । त्यसका साथै अत्याधुनिक प्रविधि प्रयोग गरी Aluminium Furnance Plant जडानगर्ने लक्ष्य लिएको छ । यसले आयातमा निर्भरता घटाउनुका साथै नेपालको विद्युत पूर्वाधारको गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्नेछ । यसका साथै लगानीकर्ताहरू र ग्राहकहरूका लागि दीर्घकालीन मूल्य सिर्जना हुने अपेक्षा गरिएको छ ।
सारथी केवल इन्डष्ट्रीज लिमिटेडले बिगत १८ बर्ष देखि नेपालकै सबैभन्दा भरपर्दो र प्रतिष्ठित केवल तथा तार उत्पादन कम्पनीहरूमध्ये एक अग्रणी कम्पनी हो । कम्पनीले मुख्यतः Multi–Strand Cable, Power Cable, Concentric Cable र ACSR Conductor उत्पादनहरूमा विशेषज्ञता हाँसिल गरेको छ । सम्झौता कार्यक्रममा सारथी केबल इन्डष्ट्रीज लिमिटेका अध्यक्ष अंकित भुसालले यो सम्झौताले नेपालको विद्युत पूर्वाधारलाई आधुनिकता तर्फ अग्रसर गराउने बताए । ’यो सम्झौता नेपालको विद्युतीय पूर्वाधारलाई आधुनिकीकरणतर्फ अग्रसर गराउने हाम्रो अभियानमा एउटा महत्वपूर्ण मोड हो । Underground Cable उत्पादनको विस्तार जुन नेपालमै पहिलोपटक हुन गइरहेको छ । हामीले राष्ट्रिय आवश्यकता पूरा गर्न आन्तरिक समाधान उपलब्ध गराउने दिशामा ऐतिहासिक कदम चालेका छौं,’ उनले भने ।
सो अवसरमा सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सारथीसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताए । ‘सारथी केवल इन्डष्ट्रीजसँगको यो सहकार्य हाम्रो लागि गौरवको विषय हो । यस आईपीओ परियोजनाले नेपालको केवल उत्पादन क्षमतामा उल्लेखनीय योगदान दिनेछ र लगानीकर्ताहरूका लागि पनि सुनौलो अवसर प्रदान गर्नेछ,’ उनले भने ।
नेपालको जलविद्युत् सम्भावनालाई बल पुर्याउँदै
नेपालमा करिब ८३ हजार मेगावाट जलविद्युत् उत्पादनको सम्भावना रहेको छ । जसमा नेपाल सरकारले सन् २०३५ सम्ममा विद्युत् उत्पादन २८ हजार ५०० मेगावाट पु¥याउने लक्ष्य लिएको छ । देशले जलविद्युत् योजनाहरूको विकास तीव्र गतिमा अगाडि बढाइरहेका बेला उच्च गुणस्तरको विद्युत् पूर्वाधारको माग समेत तीव्र रुपमा वृद्धि हुँदैछ ।
सारथी केवल इन्डष्ट्रीज लिमिटेडको भूमिगत केवल उत्पादनतर्फको विस्तारले नेपालको प्रसारण तथा वितरण प्रणालीलाई थप सक्षम बनाउनेछ । जसले देशको विद्युत् उत्पादन र आपूर्तिमा दीर्घकालीन विश्वसनीयता प्रदान गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस