अर्थ संसार, काठमाडौं- जनरल इन्स्योरेन्सले निष्काशन गरेको साधारणस शेयर (आइपिओ) मा लगानीकर्ता झुमिएका छन् । कम्पनीले आइपिओ निष्काशन गरेको तेस्रो दिन (आज) मंगलबार बेलुका ५ बजेसम्म ६ लाख ८१ हजार ३७३ जनाले १ करोड ९१ लाख ६१ हजार ९० कित्ताको लागि आवेदन दिएको सिडिएसले जनाएको छ । कम्पनीले मागेको भन्दा ७.०१ गुणा बढी आवेदन परेको छ ।
कम्पनीले निष्काशन गरेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ ।
कम्पनीको आईपीओमा असोज ११ गतेदेखि १४ गतेसम्म आवेदन गर्न सकिनेछ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था रेहको छ ।ईच्छुक लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ । शेयर बिक्री प्रबन्धकमा एनआईवीएल क्यापिटल रहेको छ ।
यस कम्पनीले निष्काशन गरेकोआइपिओमा आवेदन माग भन्दा धेरै परेकोले न्यूनतम १० कित्ता अर्थात एक हजारमात्र लगानी गर्नुपर्दछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस