Like us!
Follow us!
Connect us!
Watch us!

पाँच कारोबार दिनमा १४ प्रतिशतले घट्यो सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य

अर्थ संसार

बुधबार, ०७ साउन २०८२, १६ : ५७ मा प्रकाशित

पाँच कारोबार दिनमा १४ प्रतिशतले घट्यो सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य

पछिल्लो समय सेयर बजार बढीरहँदा पनि केही कम्पनीको सेयर मूल्यममा भने उच्च गिरावट देखिएको छ । पछिल्ला कारोबारमा केही विकास बैंकको सेयर मूल्य लगातार रुपमा घटिरहेको हो ।

पछिल्लो पाँच कारोबार दिनमा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १४.१४ प्रतिशतको गिरावट आएको छ । साउन १ गतेदेखि साउन ७ गतेसम्मको अवधिमा यो कम्पनीको सेयर मूल्य १४८ रुपैयाँ ९१ पैसाले घटेको हो । यो कम्पनीको सेयर मूल्य असारको अन्तिम कारोबार दिन ३२ गते १ हजार ५२ रुपैयाँ ९१ पैसा रहेको थियो ।

साउन ७ गते बुधबारको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य ९०४ रुपैयाँमा झरेको छ । यो कम्पनीको सेयर मूल्य आज मात्रै पनि १८ रुपैयाँ २ पैसाले घटेको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको