माग भन्दा ४.४३ गुणा बढी आवेदन परेको हिमालयन बैंकले निष्काशन गरेको एफपीओ अर्को सातामात्र बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार अर्को साता एफपीओ बाँडफाँड गर्ने गरि काम भइरहेको हो ।
कम्पनीले असार ३२ गतेदेखि साउन ४ गतेसम्म निष्कासन गरेको एफपीओमा १७ लाख ८८ हजार ९६५ जनाले ४ करोड ९ लाख ९८ हजार ६४० कित्ताका लागि आवेदन परेको छ । जस मार्फत ६ अर्ब ४३ करोड ६७ लाख ८६ हजार ४८० रुपैयाँ संकलन भएको छ । धितोपत्र बाँडफाँट निर्देशिकाअनुसार १० कित्ताका दरले एफपीओ बाँडफाँट हुनेछ । जसअनुसार ९ लाख २५ हजार ४६ जनाले सेयर पाउने छन् । यीमध्ये ९ जनाले ११ कित्ताका दरले र बाँकीले १० कित्ताका दरले पाउने छन् ।
बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले जम्मा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न असार २२ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । बैंकले सेयर पुँजी वृद्धि गरी पुँजी संरचना संस्थापक र सर्वसाधारणतर्फ ७०ः३० कायम गर्नका लागि एफपीओ निष्कासन गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस