साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले बढेर कारोबार भएको छ । अघिल्लो दिन पनि एकल अंकले बढेको बजार आजज पनि ३.७६ अंकल बढेर २९८२.६४ विन्दुमा पुगेको हो ।
आज बजार २९९० विन्दुमा पुगेर फर्किएको हो । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३१ अंकले बढेर ५१७.१३ विन्दु पुगेको छ । आज सेयर बजारमा कारोबार भएका १३ उपसूचकमध्ये ७ वटा उपसूचकको सेयर मूल्य घटेको छ भने ६ वटाको मात्रै बढेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२७ कम्पनीको सेयर मूल्य घटेको छ ।
परिसूचक सामान्य बढेको दिन कारोबार रकममा भने सामान्य गिरावट आएको छ । अघिल्लो दिन साढे १९ अर्ब माथिको कारोबार भएको बजारमा आज १८ अर्ब माथिको मात्रै कारोबार भएको छ । आज नेप्सेमा ३२८ कम्पनीका ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर १ लाख ५४ हजार ६४२ पटक खरिद बिक्री हुँदा १८ अर्ब ४९ करोड ४ लाख २८ हजार ७९४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस