Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एशिया बैंकको संस्थाप सेयर बिक्रीमा, मूल्य १९० रुपैयाँ

अर्थ संसार

शुक्रबार, ०९ साउन २०८२, १० : ४१ मा प्रकाशित

एनआइसी एशिया बैंकको संस्थाप सेयर बिक्रीमा, मूल्य १९० रुपैयाँ

एनआइसी एशिया बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहतर्फको ७ लाख ५ हजार ९५० कित्ता सेयर बिक्रीमा राखिएको हो ।

बैंकको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता १९० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा बैंकको १३ करोड ४१ लाख ३० हजार ५ सय रुपैयाँको सेयर बिक्रीमा राखिएको हो ।

बैंकको सेयरमा न्यूनतम् १ हजार कित्ता र अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिनुपर्नेछ । ५ लाखभन्दा बढी सेयरका लागि आवेदन दिँदा प्यान नम्बर अनिवार्य गरिएको छ । बैंकको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले साउन २३ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको