Like us!
Follow us!
Connect us!
Watch us!

बिस्कुट र कन्फेक्शनरी उत्पादन गर्ने नेबिकोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

अर्थ संसार

शुक्रबार, ०९ साउन २०८२, ११ : ३५ मा प्रकाशित

बिस्कुट र कन्फेक्शनरी उत्पादन गर्ने नेबिकोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

नेबिको लिमिटेडले प्राथमिक सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले २० करोड मूल्य बराबरकोे सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । 

कम्पनीले उक्त सेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । साउन ८ गते सो सम्बन्धमा नेबिको लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेडबीच सेयर निष्काशन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सिद्धार्थ क्यापिटल लिमिटेडको नक्साल, काठमाडौं स्थित कार्यालयमा उक्त सम्झौता भएको हो । 

नेबिको लिमिटेडका तर्फबाट अध्यक्ष राज बहादुर सिंह र सिद्धार्थ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नेबिको लिमिटेड सन् १९६४ मा स्थापना भएको नेपालकै पुरानो र प्रख्यात खाद्य उत्पादन कम्पनी हो । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेको मुख्य कारखाना तथा हेटौंडा, भैरहवामा थप भएका उद्योगबाट बिस्कुट र कन्फेक्शनरी उत्पादन गर्दै आएको यस कम्पनीको वार्षिक उत्पादन क्षमता १ हजार ५०० मेट्रिक टन रहेको छ । यसको व्यापार बिभिन्न प्रमुख खाद्य क्षेत्रमा छ । बिस्कुट, कन्फेक्शनरी, कुकिज, सिरियल्स कम्पनीका हालका मूख्य उत्पादनहरु हुन ।

आगामी आर्थिक बर्षहरुमा कम्पनीको बेकरी, वेफर, पफ लगायतका उत्पादनहरु स्वदेश र बिदेशमा बिस्तार गर्ने योजना रहेको छ । यसको लागि हेटांैडा औद्योगिक क्षेत्रमा कम्पनीको भवन निर्माण सम्पन्न भइरहेको छ, भने आवश्यक मसिन खरिद प्रकृया अगाडि बढिरहेको कम्पनीका कार्यकारी प्रमुख होम नाथ न्यौपानेले जानकारी दिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको