Like us!
Follow us!
Connect us!
Watch us!

पदको लोभ छैन, एमालेलाई बलियो र देशलाई समृद्ध बनाउने हो- पूर्व राष्ट्रपति भण्डारी

अर्थ संसार

शुक्रबार, ०९ साउन २०८२, १६ : ०५ मा प्रकाशित

पदको लोभ छैन, एमालेलाई बलियो र देशलाई समृद्ध बनाउने हो- पूर्व राष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टीलाई सफल, सुदृढ र एकताबद्ध बनाउनको लागि सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा फर्किन लागेको बताएकी छन् । एमालेले उनलाई निषेध गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो सदस्यता नवीकरण भइसकेको विषय भएकाले विवादमा पार्नुपर्ने विषय नै नभएको बताइन् ।

उनले आफू राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरि राजनीतिक दलमा नै आबद्ध भइ देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो विषय नभएको उनको दाबी छ । आफू पदको लोभ गरेर भन्दा पनि एमालेलाई बलियो पार्टी र देश समृद्ध बनाउनका लागि राजनीतिमा आउने निर्णय गरेको भण्डारीको भनाइ थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको