Like us!
Follow us!
Connect us!
Watch us!

तेह्रथुम पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, ११ साउन २०८२, ११ : १३ मा प्रकाशित

तेह्रथुम पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले असार १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज (साउन ११ गते) अन्तिम दिन रहेको हो ।

कम्पनीले १ः१ को अनुपातमा ४० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद सेयर निष्काशनमा ल्याएको छ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको थियो । यस अनुसार जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको