पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य लगातार रूपमा बढिरहेको छ । अहिले सुनको मूल्य २ लाख रुपैयाँको हाराहारीमा पुगेको छ, जुन नेपाली इतिहासमै सर्वाधिक उच्च विन्दु नजिक पुगेको अवस्था हो। नेपाली बजारमा हालसम्म सुनको उच्च मूल्य १ लाख ९७ हजार ९०० रुपैयाँ रहेको छ । जुन गत वर्षको वैशाख ९ गते कायम भएको थियो ।
गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा भने नेपाली बजारमा सुनको मूल्य साढे ४४ हजार रुपैयाँले बढेको छ ।
गत आर्थिक वर्षको पहिलो दिन साउन १ गते १ लाख ४७ हजार ८०० रुपैयाँ रहेको सुनको मूल्य चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । यो एक वर्षको अवधिमा सुनको मूल्य तोलामा ४४ हजार ५०० रुपैयाँले महंगो भएको छ । नेपाली बजारमा सुनको मूल्य जहिले पनि महंगो नै हुने गरेको छ । नेपालीहरुको आम्दानीको तुलनामा सुनको मूल्य वृद्धि हुने क्रम तिब्र भएकाले जहिले पनि सुनको मूल्य महंगो नै हुने सुनचाँदी व्यवसायीहरुको भनाइ छ ।
७ वर्षमै १ लाख ३३ हजार बढीले बढोत्तरी
गत आर्थिक वर्षमा साढे ४४ हजार रुपैयाँले बढेको सुनको मूल्य पछिल्लो ७ वर्षको अवधिमा १ लाख ३३ हजार ५०० रुपैयाँले बढेको छ । २०७५ सालको वैशाख महिनामा ५८ हजार ८०० रुपैयाँ रहेको सुनको मूल्य चालु आर्थिक वर्षको पहिलो दिन साउन १ गते १ लाख ३३ हजार ५०० रुपैयाँले मंगो भएर १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
अहिलेको हिसावले हेर्दा केही सस्तो जस्तो लागेको भए पनि ५८ हजार ८०० रुपैयाँ तोलामा सुनको मूल्य निर्धारण हुँदा त्यो समयमा त्यो मूल्य उच्च नै थियो । सुनको मूल्य नेपालीहरुका लागि सधै महंगो हुने र आवश्यकता अनुसार नै त्यो खरिद हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निर्वतमान अध्यक्ष माणिकरत्न शाक्यकले बताए । ‘नेपाली बजारमा सुनको मूल्य ८ हजारको तोलामा कारोबार हुँदा पनि मंहगो नै थियो । अहिले २ लाख पुग्न लाग्दा पनि सुनको मूल्य महँगो नै छ,’ उनले भने ।
२३ वर्ष पहिला ९ हजार रुपैयाँ तोला थियो सुनको मूल्य
सुनको मूल्य आजभन्दा २३ वर्ष पहिले २०५९ सालमा जम्मा ९ हजार रुपैयाँ तोला थियो । २०५९ सालको वैशाख महिनामा सुनको मूल्य ९ हजार ३०० रुपैयाँ तोलामा खरिद बिक्री हुने गरेको थियो । २०५९ सालको भन्दा चालु आर्थिक वर्षको पहिलो दिन साउन १ गते सुनको मूल्यमा १ लाख ८३ हजार रुपैयाँले मंगहो भएको छ । चालु आर्थिक वर्षको बजेटमा नै सरकारले सुनमा २ प्रतिशत विलासि कर लगाएकाले सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको मूल्य भन्दा ग्राहकले धेरै मूल्य तिुर्न परिरहेको छ । अहिले सुनको मूल्यमा विलासिता कर लगाउँदा उपभोक्ताले २ लाख ८ हजारको हाराहारीमा एक तोला सुनका लागि खर्च गर्नु पर्ने अवस्था देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेश रत्न शाक्यले बताए ।
करले कस्तो प्रभाव पारेको छ भन्ने विषयमा अहिले नै यकिन भन्न नसकिने उनको भनाइ छ । ‘अहिले साउन महिना भएकाले पनि सुनको माग कमै हुन्छ । विकाशिता कर लागको पनि १२ दिन मात्रै भएको अवस्थामा विश्लेषण गर्न छिटो हुन्छ,’ उनले भने । विलाशीता कर पनि लगाएकाले अहिले ग्राहकहरु पर्खर हेरको नीतिमा रहेको उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस