Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन ११ हजार ६ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

अर्थ संसार

आइतबार, ०९ कार्तिक २०८२, १० : ५५ मा प्रकाशित

एकैदिन ११ हजार ६ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । तिहार बिदापछि आज आइतबार सुन प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा आइपुगेको छ ।

 यसअघिको कारोबार दिनमा सुन २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी चाँदी पछिल्लो कारोबार दिन प्रतितोला ३ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज २ सय ६५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा झरेको छ । 

अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेका कारण नेपाली बजारमा पनि घटेको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको