नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । सुन एकैदिन ७ हजार १०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।आज चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ३५० रुपैयाँमा पुगेको छ । हिजो तोलामा चाँदी ३५ रुपैयाँले बढेर ३ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस