Like us!
Follow us!
Connect us!
Watch us!

दरमखोला हाइड्रोको आईपीओमा कहिलेसम्म आवेदन दिन पाइन्छ ?

अर्थ संसार

आइतबार, १८ साउन २०८२, १४ : २४ मा प्रकाशित

दरमखोला हाइड्रोको आईपीओमा कहिलेसम्म आवेदन दिन पाइन्छ ?

अहिले दरमखोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले साउन १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशसन गरेको थियो । 

उक्त आईपीओ भर्ने भोलि साउन १९ गते अन्तिम दिन रहेको छ । यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता आईपीओ बिक्री गरिसकेको छ ।

कम्पनीले बाँकी सेयरमध्ये १ लाख ४५ हजार ९७५ कित्ता आईपीओ सामूहिक लगानी कोषलाई र ५८ हजार ३९० कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरी बाँकी बसेको २४ लाख २३ हजार १८५ कित्ता आईपीओ आम सर्वसाधारणमा निष्कासन गरेको हो । यसमा आवेदन दिंदा कम्तीमा १० कित्ताका लागि दिनुपर्नेछ भने बढीमा ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको