Like us!
Follow us!
Connect us!
Watch us!

बहुविवाह सम्बन्धी प्रस्ताव फिर्ता नलिए सरकारले अश्वभाविक मूल्य चुकाउनु पर्ने छ : सांसद राना

अर्थ संसार

सोमबार, १९ साउन २०८२, २१ : ०७ मा प्रकाशित

बहुविवाह सम्बन्धी प्रस्ताव फिर्ता नलिए सरकारले अश्वभाविक मूल्य चुकाउनु पर्ने छ : सांसद राना

नेपाली कांग्रेकी सांसद सिता कुमारी रानाले बहुविवाह सम्बन्धी प्रस्ताव फिर्ता नभएर सरकारले अश्वभाविक मूल्य चुकाउनु पर्ने चेतावनी दिएकी छिन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद रानाले बहुविवाहको प्रस्ताव असभ्य र अन्यायपूर्ण रहेको भन्दै फर्ता लिनु पर्ने बताएकी हुन् । 

उनले मूलुककी देवानी (संहिता) ऐन, २०७४ लाई संसोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाह गर्ने कानुनी वैधता दिन लागेको भन्दै त्यसको विरोध गरेकी हुन् ।  उनले सरकारले संशोधन प्रस्तावको पुष्ट्याईमा दिएको तर्क कथित, असभ्य र अन्यायपूर्ण रहेको पनि बताइन् । ‘यसले मानव सभ्यतालाई लज्जित बनाएको छ ।  प्रस्तावले महिलालाई अपमान र अन्याय गरेको छ । विवाह सम्बन्धी वर्तमान कानुनी प्रावधान पुरुषको निगाहबाट प्राप्त नभै कैयन महिलाको त्याग र बलिदानबाट प्राप्त भएको हो,’ उनले भनिन् । सरकारले ममस्यौदा फिर्ता नलिई संसदमा ल्याउने दुस्साहस गरेमा महिलाको भद्रता र सभ्यताको सीमा नाघ्ने र त्यसबाट सरकारले अस्वभाविक मूल्य चुकाउनु चेतावनी समेत दिइन् । 

सरकारले बहुविवाह गरी अन्यायमा परेका महिलाको अविभावकत्व र संरक्षकत्व लिनुपर्नेमा उल्टै प्रतिगामी कानुन प्रस्ताव गरेको भन्दै उनले सभामुख मार्फत सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएकी छिन् ।   
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको