Like us!
Follow us!
Connect us!
Watch us!

वनमन्त्रीको वैदेशिक भ्रमणका बारेमा आएको समाचारमा मन्त्रालयद्वारा ध्यानाकर्षण

अर्थ संसार

सोमबार, १९ साउन २०८२, २२ : ३८ मा प्रकाशित

वनमन्त्रीको वैदेशिक भ्रमणका बारेमा आएको समाचारमा मन्त्रालयद्वारा ध्यानाकर्षण

वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको नर्वे भ्रमणका सम्बन्धमा विभिन्न सञ्चार माध्यममा प्रकाशन भएको समाचारप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी बाबुराम अधिकारीले जारी गरेको विज्ञप्तिमा वनमन्त्रीसँग जोडिएर आएका समाचारप्रति ध्यानाकर्षण भएकाे जनाएको हो ।

‘मिति २०८२ श्रावण ९ देखि १४ गते सम्म (तदनुसार २५–३० जुलाई, २०२५) नर्वेमा आयोजना भएको Strengthen Co–operation Program मा भाग लिन University of Inland Norway बाट मिति २०८२/०३/२० मा डेनमार्कस्थित नेपाली दुतावास तथा परराष्ट्र मन्त्रालयमार्फत यस मन्त्रालयमा औपचारिक निमन्त्रणा पत्र माननीय मन्त्रीज्यूलाई प्राप्त हुन आएको थियो । सोही निमन्त्रणाका आधारमा यस मन्त्रालयबाट मन्त्रिपरिषद्मा प्रस्ताव पेश भई नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०८२/०३/२३ मा नेपाल सरकारलाई कुनै थप आर्थिक दायित्व नपर्ने गरी सहभागी हुन वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाही ठकुरी ज्यूलाई स्वीकृति प्रदान गरिएको थियो । सोहीबमोजिम भ्रमण कार्यक्रममा माननीय मन्त्री ज्यू नर्वे भ्रमणमा जानुभएको व्यहोरा जानकारी गराइन्छ । उक्त कार्यक्रममा माननीय मन्त्री ज्यू सहभागी हुँदाको भ्रमण खर्च आयोजकबाट नै व्यहोरिएको तथा अन्य खर्च व्यक्तिगत तवरबाट भएकाले यसमा नेपाल सरकारलाई कुनै आर्थिक दायित्व नपरेको स्पष्ट गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै विज्ञप्तिमा उपरोक्त अनुसारको भ्रमण कार्यक्रम The University of Inland Norway र National Trust For Nature Conservation सँगको साझेदारिता प्रवद्र्धनका सन्दर्भमा महत्वपूर्ण रहेको जनाइएको छ । साथै उक्त भ्रमणका दौरान उक्त विश्वविद्यालयका उच्चस्तरीय पदाधिकारी लगायत महत्वपूर्ण व्यक्तिहरुसँग द्विपक्षीय सहयोग आदान प्रदान र क्षमता विकास सम्बन्धमा महत्वपूर्ण छलफल भएको थियो । त्यसैगरी नर्वे सरकार परराष्ट्र मन्त्रालयका डेपुटी परराष्ट्र मिनिष्टर Stine Renate Haheim सँग जलवायु परिवर्तन, संरक्षण र क्षमता अभिवृद्धिका विषयमा उच्चस्तरीय छलफल सम्पन्न भएको मन्त्रालयले जनाएको छ । यसका साथै नर्वे सरकारले लोपोन्मुख ‘रेन डियर’ र ‘आर्टिक फ्याउरो’ जस्ता वन्यजन्तुहरुलाई लोप हुनबाट जोगाउन गरेको प्रयासको फिल्ड अनुगमन मार्फत् महत्वपूर्ण सिकाई उपलब्धि समेत भएको छ ।

भ्रमणका क्रममा मन्त्रालयस्तरीय र उच्च शैक्षिक संस्थासँग भएका अन्तरक्रियाले नेपालको संरक्षण उपलब्धी प्रति आपसी सहकार्य र सद्भाव बढाएको बताइएको छ । त्यस्तै पारिस्थितिकीय प्रणालीमा गरिने अनुसन्धान र जैविक विविधता संरक्षणमा नेपाल–नर्वे सहकार्यलाई थप मजबुत बनाउने बलियो आधार तयार गरेको छ। सम्रगमा यस भ्रमणले नेपाल नर्वे सरकारबीच कूटनीतिक सम्बन्ध सुदृढ गर्नमा समेत योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

 

 

 

6890e635a1f11.jfif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको