Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी सनराइज क्यापिटलका दुई म्युचुअल फन्डको लाभांश घोषणा

अर्थ संसार

मंगलबार, २० साउन २०८२, ११ : ४५ मा प्रकाशित

लक्ष्मी सनराइज क्यापिटलका दुई म्युचुअल फन्डको लाभांश घोषणा

लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सञ्चालन गर्दै आएका दुई म्युचुअल फन्ड  'लक्ष्मी भ्यालु फन्ड–२' र 'सनराइज ब्लुचिप फन्ड 'का लागि आकर्षक नगद लाभांश घोषणा गरेको छ।

क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/ ८२ का लागि 'लक्ष्मी भ्यालु फन्ड–२ ' र 'सनराइज ब्लुचिप फन्ड' का इकाइधनीहरूलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।  'लक्ष्मी भ्यालु फन्ड–२ 'का इकाइधनीहरूलाई करसहित १५ प्रतिशत र 'सनराइज ब्लुचिप फन्ड' का इकाइधनीहरूलाई १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश वितरणको प्रयोजनका लागि क्यापिटलले साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार, साउन २५ गतेसम्म कायम रहेका इकाइधनीहरूले लाभांश प्राप्त गर्नेछन्।

साथै, क्यापिटलले लाभांशको रकम इकाइधनीको हितग्राही खातामा अद्यावधिक बैंक खातामा नै पठाइने जानकारी दिएको छ। त्यसैले, इकाइधनीहरूलाई आफ्नो हितग्राही खातामा बैंक विवरण अद्यावधिक गर्न आग्रह गरिएको छ, ताकि लाभांश रकम सहज रूपमा प्राप्त गर्न सकियोस्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको