Like us!
Follow us!
Connect us!
Watch us!

मन्जुश्री फाइनान्सले सार्वजनिक गर्यो भिडियो केवाइसी सेवा

अर्थ संसार

बुधबार, २१ साउन २०८२, १४ : ०० मा प्रकाशित

मन्जुश्री फाइनान्सले सार्वजनिक गर्यो भिडियो केवाइसी सेवा

मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधा र सहजताको लागि भिडियो केवाइसी सेवा सुरु गरेको छ। डिजिटल युगमा ग्राहकलाई सरल र छिटो बैंकिंग सेवा प्रदान गर्दै समय बचत गर्ने उद्देश्यले यो सेवा ल्याइएको हो।

मन्जुश्री फाइनान्सले इनोभेशन र डिजिटल अपनत्वमा देशमै अग्रस्थान हासिल गरिसकेको छ। बिदेशमा रहेका नेपाली र सबै प्रकारका ग्राहकहरूलाई ध्यानमा राख्दै अब खाताको अपडेटका लागि शाखामा जानुपर्ने बाध्यता हटाउने प्रयास अन्तर्गत भिडियो केवाइसी सेवा उपलब्ध गराएको हो।

हालसम्म मन्जुश्री फाइनान्सले लगभग २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १८.६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ। निक्षेपमा आकर्षक ब्याजदर र सुलभ कर्जा सुविधा प्रदान गर्दै आएको यो फाइनान्सले २७ वटा शाखा र एक बिस्तारित काउन्टरबाट एक लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई उत्कृष्ट सेवा दिइरहेको छ। यसरी, मन्जुश्री फाइनान्स देशकै एक अग्रणी फाइनान्स कम्पनीको रूपमा स्थापित छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको