Like us!
Follow us!
Connect us!
Watch us!

मन्जुश्री फाईनान्सको २८औं शाखा थापाथलीमा

अर्थ संसार

शुक्रबार, ०९ माघ २०८२, १६ : २१ मा प्रकाशित

मन्जुश्री फाईनान्सको २८औं शाखा थापाथलीमा

मन्जुश्री फाईनान्स लिमिटेडले आफ्नो २८औं शाखा थापाथली स्थित आफ्नै भवनबाट सुचारु गरेको छ ।

आफ्नै भवनमा केन्द्रिय कार्यालय संचालनमा ल्याए पछि, फाईनान्सले आजबाट थापाथली स्थितको भवनबाट कामकाज समेत सुरू गरेको हो ।
हाल सम्म २७ ओटा शाखा, तथा एक एक्सटेन्सन काउन्टर बाट सेवा प्रदान गर्दै आइरहेको मन्जुश्रीले ग्राहकहरुको माझ अझै नजिक हुन आफ्नो २८ औ शाखाको सेवा सुरुवात जनाएको छ ।

पुस मसान्तसम्ममा फाईनान्सले २४ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । पुस मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २३ करोड ५६ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी २०.०३ रुपैयाँ रहेको छ ।

पौष मसान्तको कुल नाफा १३ करोड ५४ लाख रहेको यस फाईनान्सले ग्राहक सेवा तथा डिजिटल बैंकिंगमा अग्रसर रही हालै आफ्ना ग्राहकहरुका लागि फोनपे संगको सहकार्यमा मन्जुश्री फोनपे भर्चुअल क्रेडिट कार्ड सेवाको पनि सुरूवात गरेको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको