सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन सञ्चारमाध्यमको दर्तासम्बन्धी नयाँ नियमलाई स्वीकारेर अघि बढ्नुपर्ने बताएका छन्। बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै, उनले संसद्ले पारित गरेको कानुनअनुसार अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया अब जिल्ला प्रशासन कार्यालयमार्फत हुनेछ र सबैले यसलाई मान्नुपर्ने बताए।
मन्त्री गुरुङले नयाँ व्यवस्था संसद् सदनबाट पास हुँदा आफूलाई पनि जानकारी नभएको बताएका छन्। साथै, केही नेपाल ऐन संशोधन सम्बन्धी काम सञ्चार मन्त्रालयको नभई कानुन मन्त्रालयको जिम्मेवारी भएको पनि उनले स्पष्ट पारे।
सरकारले हालै केही नेपाल ऐन संशोधनमार्फत छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ मा नयाँ व्यवस्था थप गरेपछि अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया जिल्ला प्रशासन कार्यालयमार्फत गरिने व्यवस्था लागू भएको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस