Like us!
Follow us!
Connect us!
Watch us!

युवालाई अवसर नदिए कांग्रेसले देश सम्हाल्न सक्दैन – गगन थापा

अर्थ संसार

आइतबार, २५ साउन २०८२, ०७ : १८ मा प्रकाशित

युवालाई अवसर नदिए कांग्रेसले देश सम्हाल्न सक्दैन – गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रको कमजोरी हटाउन शुद्धीकरण, गहिरो आत्मसमीक्षा र दृढ आत्मविश्वास अनिवार्य भएको बताएका छन्।

शनिबार बालकोटमा स्व. श्यामबहादुर कार्कीको १८औं स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै उनले आत्मविश्वास गुमाएको पार्टीले मुलुकलाई सही दिशा दिन नसक्ने स्पष्ट गरे। “देशमा असन्तोष बढ्दो छ, नागरिक निराश छन्। यस्ता परिस्थितिबाट मुलुकलाई बाहिर निकाल्ने जिम्मेवारी कांग्रेसको काँधमा छ,” थापाले भने।

उनका अनुसार चुनावमा हार्ने भयले नेतृत्वको साहस कमजोर बन्दै गएको छ। त्यसलाई हटाई अग्रज नेताको मार्गदर्शनमा पार्टीलाई सुदृढ बनाउने समय आएको उनले जोड दिए।

थापाले विशेषगरी युवापुस्ताको असन्तुष्टिलाई संवेदनशीलतापूर्वक सम्बोधन गर्दै मुलुकभित्रै अवसर सिर्जना गर्न कांग्रेस नेतृत्व सक्रिय हुनुपर्ने पनि बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको