अर्थ संसार
काठमाडौं– मोबाईल फोन आयात गर्नेहरुको छाता संघठन मोबाईल फोन ईम्पोर्टस् एसोशिएसन गठन भएको छ । सामङका मोवाइल सेट आयातकर्ता इन्टिग्रेटेड मोविलिटी सोलुसन्सका अध्यक्ष दीपक मलहोत्राको अध्यक्षतामा गठित एसोसिएसनमा उापाध्यक्ष सञ्जय अग्रवाल, महासचिव अमित अग्रवाल, कोषाध्यक्ष रमेशबहादुर श्रेष्ठ, तथा सदस्यहरुमा पुलकित भिमसरिया, प्रभाकरशम्सेर थापालगायत छन् । उक्त कम्पनी रेजिइस्टड कार्यालय र समाज सेवा परिसदमा दर्ता भएको छ ।
संस्थाले सार्बजनिक गरेको तथांक्य अनुसार नेपालमा ३ करोड १ लाख १९ हजार मोबाइल फोन प्रयोगकर्ता छन् । यो कुल जनसंख्याको ११३ प्रतिशत हो क्ष् सन् २००० सम्म जनसंख्याको लगभग २५ प्रतिशतको मात्र संचार मध्यममा पहुँच थियो । त्यसको १५ बर्ष नवित्दै यो सत प्रतिशत भइसकेको छ ।
यस क्षेत्रको बिस्तार संगै चुनौतीहरु पनि सिर्जना हुदै गएकाले अनुगमन गर्ने निकायहरुसंग मिलेर सामना गर्न मोबाइल फोन इम्पोर्टस् एसोसिएशन गठन भएको संस्थाले जनाएको छ । यस क्षेत्रलाई मर्यादित र बजारमा नक्कली तथा अबैध आयात रोक्न संबन्धित निकायलाई ध्यानाकर्षण गर्ने संघको प्रमुख उद्देश्य हुने विज्ञप्तिमा जनाइएको छ ।
देशभर ४ हजार साना ब्यापारी र उनका परिवार मोबाइल फोन क्षेत्रमा आश्रित छन् क्ष् यस संगठनका सदस्य फर्महरुमा प्रत्यक्ष ३ हजार २ सय जना जति युवायुवतीले रोजगार पाएका छन् । तीमध्ये ४० प्रतिशतभन्दा बढी महिला छन् क्ष् आर्थिक वर्ष २०७२र७३ मा यस संघका सदस्यहरुबाट मूल्य अभिबृद्धि करबापत लगभग १ अर्ब ६५ करोड, संस्थागत आयकर बापत २० करोड र अन्य अप्रत्यक्ष करसमेत गरी २ अर्ब बराबरको राजश्व राज्यलाई प्राप्त भएको संस्थाले जनाएको छ । यस वर्ष त्यति रकममा २० देखि २५ प्रतिशतले बृद्धि हुने संस्थाको अनुमान छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस