भन्सार छलेर ल्याएको सामानमा घुस लिएर चेकपास गराउने क्रममा सशस्त्र प्रहरीका जवान याम बहादुर खत्री रंगेहात पक्राउ परेका छन्।
रुपन्देहीको कोटहीमाई गाउँपालिकास्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट (बीओपी) मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान याम बहादुर खत्री १५ हजार घुस रकमसहित रंगेहात पक्राउ परेका छन्। खत्रीले भन्सार छलेर ल्याइएको सामान चेकपास गर्नका लागि सेवाग्राहीसँग घुस लिने गरेको सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्राप्त भएपछि निगरानी गरिएको थियो।
अख्तियारको बुटवल कार्यालयको टोलीले निगरानीको क्रममा साउन २६ गते खत्रीलाई १५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो। घटनाबारे जानकारी दिँदै अख्तियारकाले खत्रीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस