सिटि होटलको सेयर मूल्य समायोजन भएको छ । हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा होटलको सेयरमूल्य समायोजन भएको हो ।
समायोजनपश्चात कम्पनीको सेयरमूल्य ५७८ रुपैयाँ ४२ पैसा पुगेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात सोमबार दास्रो बजारमा कम्पनीको अन्तिम मूल्य ९६१ रुपैयाँ १५ पैसा कायम भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस