ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १.०९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी ०.८५ प्रतिशतले घटेर १६ अर्ब ७१ करोड रुपैयाँमा सीमित भयो। तर, खुद शुल्क तथा कमिसन आम्दानी भने २०.१२ प्रतिशतले बढेर ३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। यससँगै बैंकको कुल सञ्चालन आम्दानी पनि ३.०१ प्रतिशतले वृद्धि भई २१ अर्ब २७ करोड रुपैयाँमा पुगेको छ।
बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ पुगेको छ। यस आधारमा लाभांश क्षमता १४.११ प्रतिशत रहेको देखिन्छ, जुन अघिल्लो वर्षको ५० करोड रुपैयाँ वितरणयोग्य नाफाको तुलनामा उल्लेखनीय वृद्धि हो।
३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा २४ अर्ब २१ करोड रुपैयाँ छ। सञ्चालन नाफा भने २.७५ प्रतिशत घटेर ८ अर्ब ७७ करोड रुपैयाँमा झरेको छ।
बैंकले निक्षेप संकलन १२.९५ प्रतिशतले बढाएर ५ खर्ब ५० अर्ब रुपैयाँ पु¥याएको छ। कर्जा लगानी पनि ११.४६ प्रतिशतले बढेर ४ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ।
प्रतिसेयर आम्दानी (EPS) : १६.२८ रुपैयाँ (अघिल्लो वर्ष १६.९९ रुपैयाँ)
प्रतिसेयर नेटवर्थ : १७७.६३ रुपैयाँ
मूल्य–आम्दानी अनुपात (P/E) : १५.९५ गुणा
खराब कर्जा अनुपात : ४.८७% (अघिल्लो वर्ष ४.१७%)
इक्विटीमा प्रतिफल (ROE) : ९.६१%
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस