Like us!
Follow us!
Connect us!
Watch us!

भूमि विधेयकमाथिको छलफल आज पनि स्थगित

अर्थ संसार

बुधबार, २८ साउन २०८२, ११ : ५० मा प्रकाशित

भूमि विधेयकमाथिको छलफल आज पनि स्थगित

प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आज हुने भनिएको भूमि विधेयक माथिको छलफल स्थगित भएको छ । बिहान १० बजे भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रतिवेदनमाथि छलफल गर्न बैठक राखिएको बैठक स्थगित भएको हो । 

विधेयकको प्रतिवेदनमा छलफल चलिरहेकोले बैठक स्थगित भएको समिति सचिव शिवदत्त बरालले जानकारी दिए । मंगलबारको बैठक पनि स्थगित भएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेका थिए । उक्त विधेयकको मस्यौदा यसअघि नै समिति सदस्यहरूलाई वितरण गरिसकिएको छ ।

कतिपय सांसदहरूले मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेको भनेर समेत असन्तुष्टि जनाएका थिए । यही बेला लगातार बैठक स्थगित भएको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको