Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय  विवरण - नाफामा ४९.५३ प्रतिशतको वृद्धि,वितरणयोग्य नाफा ऋणात्मकबाट धनात्मकमा

अर्थ संसार

विहीबार, २९ साउन २०८२, ११ : १६ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय  विवरण - नाफामा ४९.५३ प्रतिशतको वृद्धि,वितरणयोग्य नाफा ऋणात्मकबाट धनात्मकमा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममको वित्तीय  विवरण सार्वजनिक गरेको  छ । विवरण अनुसार कम्पनीले खुद नाफामा वृद्धि गरेको छ। कम्पनीले यो अवधिमा ३ अर्ब ८१ करोड रुपैयाँ खुद नाफाआर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २ अर्ब ५५ करोड रुपैयाँभन्दा ४९.५३ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानी र  कुल आम्दानीमा वृद्धी

बैंकले अघिल्लो वर्ष १० अर्ब ३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत वर्ष १० अर्ब ८ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ। बैंकको कुल आम्दानी पनि ११ अर्ब ५४ करोड रुपैयाँबाट बढेर १२ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।

३१.५९ प्रतिशतले बढ्यो सञ्चालन नाफा

आम्दानी बढेसँगै बैंकको सञ्चालन नाफा पनि अघिल्लो वर्ष ४ अर्ब ९ करोड रुपैयाँ रहेकोमा गत वर्ष ३१.५९ प्रतिशत बढेर ५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।

वितरणयोग्य नाफा धनात्मक

नाफा र आम्दानी वृद्धि भएपछि अघिल्लो वर्ष १ अर्ब २२ करोड रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य नाफा गत वर्ष ३० करोड ३४ लाख रुपैयाँ धनात्मक भएको छ।

प्रतिसेयर आम्दानीमा वृद्धी

बैंकको प्रतिसेयर आम्दानी पनि १६.३२ रुपैयाँबाट बढेर २४.४१ रुपैयाँ पुगेको छ।

घट्यो खराब कर्जा

भने खराब कर्जा ४.२८ प्रतिशतबाट घटेर ३.५९ प्रतिशतमा झरेको छ।

चुक्ता पूँजी /रिजर्भ : चुक्ता पूँजी १५ अर्ब ६३ करोड रुपैयाँ रहेको बैंकको रिजर्भमा ३७ अर्ब ४७ करोड रुपैयाँ रहेको छ।

कर्जा प्रवाह/निक्षेप संकलन: बैंकले २ खर्ब ९४ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरी त्यसबाट ५ खर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको