Like us!
Follow us!
Connect us!
Watch us!

ग्राहकसँग व्यक्तिगत गोप्य विवरण मागिएको छैन - राष्ट्रिय वाणिज्य बैंक

अर्थ संसार

विहीबार, २३ असोज २०८२, १४ : ४६ मा प्रकाशित

ग्राहकसँग व्यक्तिगत गोप्य विवरण मागिएको छैन -  राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले हालसालै केही अनधिकृत व्यक्तिहरूले बैंकको नाममा ग्राहकहरूलाई फोन गरी ठगी गर्ने गतिविधिमा संलग्न भएको जानकारी प्राप्त भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

त्यस्ता अनाधिकृत व्यक्तिले व्यक्तिगत विवरण माग्ने, झुटा अफर तथा योजनाको बारेमा जानकारी दिँदै आर्थिक लाभको प्रलोभनमा पार्ने जस्ता ठगीजन्य गतिविधिहरूमा संलग्न रहेको भन्ने सूचना बैंकमा प्राप्त भएको उल्लेख गरेको छ ।

'बैंकका कुनै पनि कर्मचारी वा अधिकृत प्रतिनिधिद्वारा कहिल्यै कुनैपनि प्रयोजनका लागि फोन, इमेल, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट ग्राहकसँग एटिएम् पिन, मोबाइल बैंकिङ तथा ई– बैंकिङका ओटिपि, इमेल, पासवर्ड वा अन्य व्यक्तिगत गोप्य विवरण मागिएको छैन ।' बैंकद्वारा आज प्रेस विज्ञप्तिमा भनिएको छ।

बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीद्वारा जारी सो विज्ञप्तिमा अनाधिकृत रुपमा आउने यस किसिमका फोन, इमेल वा सामाजिक सञ्जालका सन्देशमा विश्वास नगर्न समेत अनुरोध गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको