राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको देखिएको छ। गत वर्षको यही अवधिमा बैंकले १५ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यसरी नाफामा २९५.७२ प्रतिशतको वृद्धि भएको छ।
बैंकको ब्याज आम्दानीमा पनि सकारात्मक वृद्धि देखिएको छ। बैंकले असोज मसान्तसम्ममा २ अर्ब ९२ करोड पाँच लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको २ अर्ब १७ करोड रुपैयाँको तुलनामा ३४.३१ प्रतिशतको बढी हो।
यो अवधिमा बैंकको सञ्चालन मुनाफा २९८.८४ प्रतिशतले बढेर ८५ करोड २४ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकले २१ करोड ३७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो।
बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ। बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३२ पैसा रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस